Like us!
Follow us!
Connect us!
Watch us!
जहाज खरिद सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर

नागरिक लगानी कोषसँग १२ अर्ब ऋण लिएर जहााज खरिद गर्दै नेपाल वायु सेवा निगम

सोमबार, २९ जेठ २०७४, २१ : १६ मा प्रकाशित

नागरिक लगानी कोषसँग १२ अर्ब ऋण लिएर जहााज खरिद गर्दै नेपाल वायु सेवा निगम

अर्थ संसार, काठमाडौँ– नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।कोषको कार्यालयमा आज आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कसांकारबीच हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो ।
निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ ।

नागरिक लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । जहाज खरिदका लागि प्रदान गर्ने कोषको रकमको व्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ वर्षको राखिएको छ ।

उडान क्षेत्रको व्यावसायिक योजनामा कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरिएको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले मुलुकमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि कोषका तर्फबाट एउटा पहल गरिएको बताउनुभयो ।उहाँले नेपाल सरकारको जमानीमा ऋण रकम उपलब्ध गराएको र आगामी दिनमा राष्ट्रिय हितका लागि थप लगानीका सम्भावना समेत उल्लेख गर्नुभयो ।

कोषले उपलब्ध गराएको रकमबाट निगमले एयर बस कम्पनीको वाइड बडी – ए ३३०–२००) सिररिजको जहाज खरिद गर्नेछ । कोष र निगमबीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति जनाएको थियो ।

कार्यकारी निर्देशक पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ५० जहाज जरुरी रहेको भन्दै आगामी दिनमा थप लगानीका अवसर खोजिने स्पष्ट पार्नुभयो ।निगमका महाप्रबन्धक कसांकारले मुलुकको अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण विषयमा आज सम्झौता गर्न पाउदा खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ आज ऐतिहासिक सम्झौता भयो, यसले राष्ट्रिय ध्वजाबहाकको उपस्थिती संसारका धेरै मुलुकमा हुनेछ । मुलुकको पर्यटन उद्योगको विकास र विस्तारमा पनि त्यसले महत्वपूर्ण योगदान गर्नेछ ।’

त्यस्तै कोषका अध्यक्ष महाश्रम शर्माले मुलुकको आर्थिक क्षेत्रको विकास र प्रगतिमा सानो सहयोग गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताउनुभयो ।

निगमले अमेरिका कम्पनी एएआरसँग दुईवटा जहाज खरिद गर्दैछ । अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय ध्वजाबहाकको उपस्थिती देखाउने र आर्थिक समृद्धिको ढोका खोल्ने लक्ष्यका साथ रु २४ अर्ब लगानी गर्न लागेको छ ।

महाप्रबन्धक कसांकारले कर्मचारी सञ्चय कोषसँग पनि छिट्टै ऋण सम्झौतामा हस्ताक्षर हुने जानकारी दिनुभयो । निगमले गत फागुन ४ गते अमेरिकन कम्पनी एएआरलाई १० लाख अमेरिकी डलर बैना वापतको रकम उपलब्ध गराइसकेको छ । निगमले २८० सिट क्षमताका जहाज ल्याउने तयारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको