Like us!
Follow us!
Connect us!
Watch us!

जनणना : महिलाकाे जनसंख्या अझ बढ्ने आँकलन

अर्थ संसार

विहीबार, २१ असोज २०७८, ०९ : ०६ मा प्रकाशित

जनणना : महिलाकाे जनसंख्या अझ बढ्ने आँकलन

नेपालमा महिलाकाे जनसंख्या अझ बढ्नसक्ने आँकलन गरिएकाे छ ।  २०६८ काे जनगणना अनुसार मुलुकमा महिलाकाे जनसंख्या ५१ प्रतिशत छ । 

तर,  जन्मदर पुरुषभन्दा महिलाकाे बढी रहेकाे र वैदेशिक राेजगारीमा जानेमा पनि पुरुषकाे जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाकाे जनसंख्या अझ बढ्न सक्न आँकलन केन्द्रीय तथ्यांक विभागले गरेकाे हाे ।

जनकपुरधाममा आयाेजित 'जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशाला गोष्ठी'मा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले 'यस पटकको जनगणनामा पनि पुरुषभन्दा महिलाको जनसंख्या  बढी हुनेसक्ने आँकलन'रहेकाे बताए । 

रोजगारीसहित अन्य कारणले मुलुक बाहिर गएकाहरुकाे गणना पनि हुन्छ । मुलुक बाहिर गएकामध्ये केहीकाे तथ्यांक छुट्नसक्न जाेखिम पनि रहन्छ । 

पुरुषभन्दा महिलाको आयु बढी रहेकाले पनि महिलाको जनसंख्या बढी हुने गरेकाे उनको भनाइ छ ।

२०६८ को जनगणना अनुसार मुलुककाे जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय छ।  तर याे जनसंख्या बढेर ३ कराेड ८ लाख पुगेकाे विभागकाे तथ्यांक छ  । यसबारे यकीन तथ्यांक जनगणनाबाट आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको