Like us!
Follow us!
Connect us!
Watch us!
सेयर भर्ने आज अन्तिम दिन (छुट्यो कि ?)

पुँजी बढाउन धमाधम हकप्रद सेयर दिदै बैंक तथा वित्तिय संस्था

बुधबार, ३१ जेठ २०७४, १३ : ४० मा प्रकाशित

पुँजी बढाउन धमाधम हकप्रद सेयर दिदै बैंक तथा वित्तिय संस्था


अर्थसंसार,काठमाडौं –नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाको पूँजी  वृद्धि का  लागि दिएको निर्देशन अनुसार पुँजी  वृद्धिका लागी हकप्रद निस्कासन गर्ने लहर नै चलेको बेला तीन संस्थाको हकप्रद भर्ने बिहिबार अन्तिम मिति तोकिएको छ ।

ज्योती विकास बैकको ११ को अनुपातको हकप्रद ,फस्ट माईक्रो फाईनान्सको २.१ को अनुपातमा हकप्रद तथा सिद्धार्थ इन्सुरेन्सको १९ .१३ प्रतिशत हकप्रद भर्ने म्याद आजै सकिदै छ ।

ज्योती विकास बैंकले गत बैशाख २८ गते देखि शत प्रतिशतको एक अर्ब १० करोड ४३ लाखको हाराहारीमा हकप्रद खुला गरेको छ ।

सिद्धार्थ क्यापिटल हकप्रद बिक्री  प्रबन्धक रहेको सो विकास बैकको हकप्रद सेयर जारी पश्चात चुक्ता पूँजी रु दुई अर्ब २० करोड ८६ लाखको नजिक पुग्नेछ ।

सो विकास बैैंकलाई राष्ट्रिय स्तरको विकास बैंक बन्नका लागि रु दुई अर्ब ५० करोड पु¥याउने यस बर्षको मुनाफाबाट बोनस सेयर प्रदान गर्नुेपर्ने देखिएको छ ।

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो  त्रैमाससम्ममा रु १९ करोड २६ लाख ५८ खुद नाफा कमाएको छ ।

 सो विकास बैकले चुक्ता पुँजी पु¥याउने क्रममा राप्तीभेरी विकास बैकलाई एक्वाएर गर्ने सम्झौता गरिएको छ ।

तयसैगरी फस्ट माईक्रोफाईनान्स  डेभलमेन्ट बैककको ५० प्रतिशत दिनका लागी बैशाख २८ गतेदेखि ग्लोबल आइएमी क्यापिटलमार्फत हकप्रद खुला गरेको हो ।

हालको चुत्ता पूँजी रु २६ करोड ४५ लाख रहेको  फस्ट माइक्रोले हकप्रद बिक्रीपछि फस्टको चुत्ता पुँजी रु ३९ करोड ६७ लाखको नजिक पुयाउनेछ ।

लघुबित्तको लागी थोक लगानी गर्दै आएको फस्ट माईक्रो फाईनान्स  जस्ता संस्थाको चुत्ता पुँजी चालु आर्थिक वर्षको अन्तसम्ममा ६० करोड पूर्याउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

हकप्रद को आबेदनको म्याद सकिने अर्को निर्जीबन बीमा कम्पनी  सिद्र्धाथ इन्सुरेन्सको लक्ष्मी क्यापिटलमार्फत आठ करोड ६२ लाखको हाराहारीमा हकप्रद खुलेको छ ।

वर्तमान अबस्थामा सिद्धार्थको चुत्ता पुँजी रु ४४ करोड ८३ लाख छ ।हकप्रद बिक्री पछि चुत्ता पुँजी रु ५३ करोड ४५ लाख नजीक पुग्ने छ । सो बिमा कम्पनी ०७५ साल असार मसन्तसम्ममा नियमनकारी निकाय बीमा समिती को निर्देहन अनुसार चुत्ता पुँजी एक अर्ब पु¥याउनु पर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको