Like us!
Follow us!
Connect us!
Watch us!
समान्य अंकले घटेको बजारमा ५८ करोडको कारोबार

सेयर बजार फेरी ओरालो

बुधबार, ३१ जेठ २०७४, १५ : १७ मा प्रकाशित

सेयर बजार फेरी ओरालो

अर्थ संसार, काठमाडौं– मंगलबार हरियाली भएको सेयर बजार (आज) बुधबार भने  सामान्य अंकले घटेको छ ।

०.६६ अंकले घटेको बजारमा मंगलबारको तुलना सेयर कारोबार रकम भने बढेको छ ।  १ सय ४८ वटा कम्पनीको ९ लाख ४८ हजार ३ सय ४ कित्ता सेयर खरिदविक्री हुँदा ५८ करोड ७४ लाख ६५ हजार ६ सय ६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंक १.१७ अंक, हाइड्रोपावर ८.०३ अंक र इन्स्योरेन्स १९.१७ अंक बढेका छ । यता होटल २९.०७ अंक, विकास बैंक ३.०६ अंक, उत्पादन ३४.३४ अंक र अन्य ५.७९ अंकले घटेको छ ।

वर्ड मार्चेण्ड बैकिङ एण्ड फाइनान्स, फरवर्ड कमयुनिटी माइक्रोफाइनान्स वित्तिय संस्था र एभरेष्ट इस्योरेन्स लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानीको केही प्रतिशत कमाउन सफल भएका छन ।

यता कर्णाली विकास बैंक, आरएसडिसी लद्युवित्त वित्तिय संस्था र सिन्धु विकास बैंकलगायत कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आम्दानीको झण्डै ५ प्रतिशत भन्दा बढी गुमाउनु भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको