Like us!
Follow us!
Connect us!
Watch us!

साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध

अर्थ संसार

शनिबार, ३० असोज २०७८, १५ : १८ मा प्रकाशित

साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे  माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । 

तर, यसअघि नै नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो । 

श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका उनलाई शनिबार हुन लागेको भारतविरुद्धको फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । तर, उनीमाथि लगाइएको प्रतिबन्ध साफकै नियमावलीविपरीत गरेको भन्दै आलोचना भइरहेको छ । 

साफको नियमावलीअनु्सार रातो कार्ड पाएमा मात्र अर्को खेल गुमाउनेछ । तर, उनले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए । 

अलमुताईरीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । तर, साफको उक्त निर्णयप्रति मुख्य प्रशिक्षक अलमुताईरीले असन्तुष्टि जनाएका छन् । 

शनिबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले आफूमाथि प्रतिबन्ध लगाउने निर्णय साफ च्याम्पियनसिपको उपाधि भारतले जितोस् भन्ने उद्देश्यले अभिप्रेरित रहेको आरोप लगाए ।  व्यक्तिगत रिसइवी साँध्ने गरी ममाथि नभएर नेपाली फुटबलमाथि कारबाही गरिएको उनको भनाइ छ । 

नेपाललाई पहिलो पटक साफ च्याम्पियसिपको फाइनलमा पु¥याएका अलमुताईरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा जाने चेतावनी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको