Like us!
Follow us!
Connect us!
Watch us!

विमानस्थल ओर्लन नपाउदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त

अर्थ संसार

सोमबार, ०१ कार्तिक २०७८, २० : ४७ मा प्रकाशित

विमानस्थल ओर्लन नपाउदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त

साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्कंदै छन् ।

गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग  माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव आज (मंगलबार) राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका  हुन् ।

सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज खड्गीले पुष्टि गर्दै राति ९ बजे 'ल्याण्ड' हुने बताए । 

यता, सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ ।

२३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।

यद्यपि, उनी आफ्नो नियमित समय अनुसार नै स्वदेश फर्कन लागेका हुन् । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक २८ वर्षपछि फाइनल पुगेको हो । 

नेपाली  टिम भने साेमबार   बिहानै स्वदेश फर्किसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको