Like us!
Follow us!
Connect us!
Watch us!
विदेशी ४० जना इन्जिनियर स्वयंसेवक लाप्राकमा घर बनाउन जाँदै

गैरआवासीय नेपालीले स्थापना गरे ३६ लाख रुपैयाँको नागरिक छात्रवृत्ति कोष

विहीबार, ०१ असार २०७४, ०८ : १९ मा प्रकाशित

गैरआवासीय नेपालीले स्थापना गरे ३६ लाख रुपैयाँको नागरिक छात्रवृत्ति कोष

दिनिता लामिछाने
काठमाडौं– गैर–आवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले बुधबार करिव ३६ लाख रुपैयाँको नागरिक छात्रवृत्ति कोष स्थापना गरेको छ । संघले प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघ (आइस्टे )को समेत घोषणा गरेको छ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले राजधानीमा आयाजित कार्यक्रममा उक्त कोषको घोषणा गरे ।

एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले उक्त कोषका लागि ३५ लाख ८९ हजार ९ सय ९९ बराबरको चेक नागरिक अभियान नामक संस्थालाई हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठले उक्त कोषले नेपाली विद्यार्थीहरूको शिक्षामा अवसर र प्राविधिक दक्षतामा मद्दत गर्ने बताए ।

अक्षय कोषले लामो समयसम्म पिछडिएका बालबालिकाहरूलाई सहयोग गर्ने छ । कोषको संचालन नागरिक अभियान संस्थाले गर्नेछ । यस कोषले प्रत्येक वर्ष ८० जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने छ । पहिलो पाँच वर्ष भूकम्प प्रभावित विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ ।

यससँगै आयोजित कार्यक्रममा आइस्टेको पनि उद्घाटन गरिएको थियो । एनआरएनए थाइल्याण्डका अध्यक्ष ढकालले आइस्टे ७० वर्षदेखि अन्तर्राष्ट्रिय रूपमा गैरनाफामूलक ढंगले ८८ भन्दा बढी देशहरूमा सञ्चालित रहेको जानकाी दिए । यसले विज्ञान, इन्जिनियरिङ, प्रविधि र एप्लाइड आर्टस् विषयमा कोर्षको समापनमा ट्रेनिसिप छात्रवृत्ति प्रदान गर्छ ।

यस कार्यक्रमपछि २३ देशका ३० विभिन्न विश्वविद्यालयका ४० जना आइस्टेका इन्जिनियरिङ स्वयंसेवकहरू गोरखाको लाप्राकमा जाँदै छन् । त्यहाँ गैरआवासीय नेपाली महासंघले भूकम्पपीडितका लागि ५ सय ७३ वटा घर बनाउँदै छ । स्वयंसेवीहरू नेपाललगायत अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानाडा, फिनल्याण्ड, ग्रीस, भारत, इरान, आयरल्याण्ड, लेबनान, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, टर्की र बेलायतका छन् ।

उनीहरूलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस किसिमका स्वयंसेवी कार्यले नेपालको पुनर्निर्माणमा योगदान पु¥याउने बताए । त्यसैगरी नेपालका लागि थाइ राजदूत भाकवत तान्सकुलले नेपालको पुनर्निर्माण र शिक्षामा सहयोगको प्रतिबद्धता जनाएका थिए ।

गैरआवासीय नेपाली महासंघका अध्यक्ष शेष घलेले आफ्नो थाइल्याण्ड च्याप्टरलाई यस कार्यका लागि बधाइ दिँदै लाप्राकमा पुनर्निर्माणका क्रममा ५ सय ७३ घर बनाइँदै गरेको जानकारी गराएका थिए । कार्यक्रममा सरोज दवाडी र होल्गर स्टोलले आफ्नो आइइस्टे छात्रबृत्तिको अनुभव सुनाएका छन् ।

त्यसैगरी, कार्यक्रममा ट्रेकिङ एजेन्सी महासंघ नेपालले गैर–आवासीय नेपाली संघ–थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठलाई सद्भावना राजदूत घोषणा गरेको छ । कार्यक्रममा विभिन्न राजदूतावास, विश्वविद्यायल प्राध्यापक, शिक्षाविद्, विभिन्न विश्वविद्यालयका उपकुलतिहरू, आइस्टेका पार्टनरहरू, प्याब्सन, हिसान, उद्योग वाणिज्य महासंघ, शिक्षा मन्त्रालय, नेल्टा आदिका प्रतिनिधिहरूको उपस्थिति थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको