Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाका कारण कतै राहत, कतै घात

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, ०६ : ४१ मा प्रकाशित

वर्षाका कारण कतै राहत, कतै घात

जाजरकोटमा आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ । नल र धान  छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेको छ ।

धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्कोतिर मकै भित्र्याएर गहुँ , तोरी र तरकारी बालीलाई भने फाइला भएको छ ।

आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए । पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको