Like us!
Follow us!
Connect us!
Watch us!

पदैमा रहेकै बेला नेपाल भ्रमण गरेका अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, ०८ : ०३ मा प्रकाशित

पदैमा रहेकै बेला नेपाल भ्रमण गरेका अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार  निधन भएको हो । उनले पूर्ण खोप लगाएका थिए । पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा उनी विदेशमन्त्री नियुक्त भएका थिए । 

पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले सन् २००२ को १८ १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र,  प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए । 

इराक युद्धमा समर्थन जुटाउने क्रममा उनी विवादमा तानिएका थिए । रिपब्लिकन दलमा आबद्ध हुनुअगाडि पावेल पूर्व उच्च सैनिक अधिकारी पनि थिए । पावेल अफ्रिकी मूलको अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको