Like us!
Follow us!
Connect us!
Watch us!

एजेन्ट बनिन् कंगना

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, २० : १४ मा प्रकाशित

एजेन्ट बनिन् कंगना

पछिल्लो रिलिज फिल्म 'थालाइवी' फ्लप भएपछि बलिउड अभिनेत्री कंगना रनौत केही तनावमा थिइन् । उनले निकै अपेक्षा गरेको फिल्मले दर्शकको साथ नपाएपछि उनी आत्तिएकी हुन् ।

तर, आउँदो फिल्ममा उनी एक्सन गर्लको रूपमा दर्शक समक्ष आउने भएकी छन् । पछिल्ला केही सोसल ड्रामा जनरका फिल्ममार्फत दर्शकमाझ आएकी कंगनाले 'धाकड'मार्फत दर्शकलाई एक्सन देखाउनेछन् । उनको मुख्य भूमिकामा रहेको एक्सन जनराको फिल्म ‘धाकड’ आउँदो वर्ष सन् २०२२ को अप्रिल ८ मा रिलिज हुनेछ । 

उनी धाकडमा विभिन्न १० किसिमका लुक्समा देखिने बताइएको छ । पूर्ण रूपमा एक्सन जनरामा रहेको फिल्ममा कंगनाले एजेन्टको भूमिका निभाएकी छन् । यसका कारण उनले आफ्नो लुक्स पटक पटक परिवर्तन गर्ने र फिल्मभर विभिन्न १० वटा लुक्समा देखिने बताइएको छ ।

मानव तस्करीसँग सम्बन्धित रहेर तयार पारिने फिल्ममा कंगनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाललगायतको अभिनय छ । रजनिस र चिन्तन गान्धी मिलेर लेखेको फिल्मलाई निर्देशन रजनिस घाईले गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको