Like us!
Follow us!
Connect us!
Watch us!

मूर्तिबाट मासिक एक लाख कमाइ

विहीबार, ०१ असार २०७४, १४ : ५३ मा प्रकाशित

मूर्तिबाट मासिक एक लाख कमाइ

अर्थ संसार, कञ्चनपुर–शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । 

ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालनु गर्नुभएको पसलबाट बिक्री गर्दै आउनुभएको छ । उहाँले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्नुहुन्छ । 

“एउटा मूर्ति निर्माण गरेर रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक लिने गरेको छु,” उहाँले भन्नुभयो । शिव, पार्वती, नन्दी, गणेश, श्रीकृष्ण, राम, सीता र मुसाको मूर्ति निर्माणका लागि कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लाबाट माग आउने गरेको विकको भनाइ छ । 

“बुबाको प्रेरणाबाट मूर्ति बनाउने कला सिकेको हुँ,” उहाँले भन्नुभयो । मूर्ति निर्माणकै कमाइले झलारी बजारमा रु १० लाखको जग्गा खरिद गरेको विकले बताउनुभयो । दसैँ, तिहार र नयाँवर्षका अवसरमा मूर्ति निर्माणका लागि बढीजसो माग हुने गरेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा पर्नुभएका विक अहिले मूर्ति बनाएरै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको