Like us!
Follow us!
Connect us!
Watch us!
५ अंकले बढेको बजारमा ६७ करोडको कारोबार

सेयर बजारमा हरियाली

विहीबार, ०१ असार २०७४, १५ : ३४ मा प्रकाशित

सेयर बजारमा हरियाली

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) आज सामान्य अंकले बढेको छ । यस दिन नेप्से ५.१ अंकले बढेको छ ।

विगत केही दिन अघिदेखि निरन्तर घटेको सेयर बजार आज समान्य अंकले बढेपनि लगानीकर्तामा खुसीयाली भने छाएको छ ।

यस दिन नेप्सेमा अन्य उपसमूह बाहेक अरु सबै समुह हरियाली भएको छ । १ सय ५१ वटा कम्पनीको  ११ लाख १८ हजार ७ सय ५९ सेयर कित्ता किनबेच हुँदा ६७ करोड ३८ लाख ६८ हजार  ३२ रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ ५.५७ अंक, होटल १९.८८ अंक, बिकास बैंक ११.४५ अंकले, जलविद्युत १.४४ अंक, फाइनान्स ३.४१ अंकले , इन्स्योरेन्स ११.३४ अंक र उत्पादन ८.१८ अंकले बढेको छ  । यत अन्य समुह भने २.८९ अंकले घटेको छ ।   समान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

59425c53f4094.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको