Like us!
Follow us!
Connect us!
Watch us!

निगमलाई जहाज खरिदका लागि डलर सटही सुविधा दियो राष्ट्र बैंकले

शुक्रबार, ०२ असार २०७४, १२ : ३० मा प्रकाशित

निगमलाई जहाज खरिदका लागि डलर सटही सुविधा दियो राष्ट्र बैंकले

अर्थ संसार, काठमाडौं – दुई वटा बाइड बडी जहाज खरिदका लागि आवश्यक प्रक्रिया सुरु गरेको नेपाल वायु सेवा निगमलाई केन्द्रीय बैंकले डलर सटहीको सुविधा दिएको छ ।


डलर सटही गरिपाउँ भन्दै निगमले गत बुधबार नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो ।राष्ट्र बैंकले रु ८ अर्ब बराबरको डलर सटही सुविधा निगमलाई दिएको हो । सटही सुविधा पाएसँगै निगमले शुक्रबार नै ८ अर्ब रुपैयाँ पहिलो किस्ता वापत रकम पठाउने भएको छ ।

निगमले दुई संस्था संचयकोष र नागरिक लगानी कोषसँग १२र१२ अर्व रुपैयाँ ऋण लिएसँगै दुई थान एयरबस ३३०–२०० सिरिजको जहाज खरिदको लागि स्रोत जुटाएको थियो ।

 कुल २ सय ८० सिट क्षमतका उक्त ठुला जहाज आगामी १४ महिना भित्रै निगमले पाउने छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ ।

राष्ट्रबैंकले बिहिबार नै निगमलाई डलर सटहीको स्विकृति दिएको हो ।  निगमले अमेरिकन एएआर कर्पोरेशनलाई रु ८ अर्व १० दिन भित्र पठाउनुपर्ने भएतापनि ऋण सम्झौतामा ढिलाई भएको जानकारी कर्पोरेशनलाई निगमले गराएको थियो ।

पहिलो किस्ताको रकम पठाएपछि जहाज दिने मिति निगमलाई उपलव्ध गराउने निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

निगमले रु  २२ अर्व ६३ करोड खरिद गर्दै छ । जसको लागि बैना रकमको १० लाख डलर पठाइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको