Like us!
Follow us!
Connect us!
Watch us!
सिडिएससीले ल्याउने भयो नयाँ व्यवस्था

अब घरमै बसेर साधारण सेयर भर्न सकिने

शुक्रबार, ०२ असार २०७४, १३ : २३ मा प्रकाशित

अब घरमै बसेर साधारण सेयर भर्न सकिने

अर्थ संसार, काठमाडौँ– सेयर कारोबार गर्नु भएको छ वा साधारण सेयरमा फर्म भर्दै हुनुहुन्छ भने अब तपाईका लागि खुसीको खबर छ । अब तपाईले घरमै बसेर प्राथमिक शेयरमा आवदन दिन पाउने व्यवस्था लागु गर्ने अन्तिम तयारी गरिएको छ ।

आस्वा सुरु गरेसँगै शेयर भर्न लाइन बस्नु पर्ने झन्झटबाट मुक्ति पाएका लगानीकर्ताले अब बैंक समेत नपुगि घरैबाट आइपिओ आवेदन दिन पाउने भएका हुन् ।

केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले‘सेन्ट्रलाइज आस्वा’ नामक सफ्टवेयर निर्माण गरि लगानीकर्तालाई यस्तो सुविधा दिन लागेको सिडिएससीले जानकारी दिएको छ ।

प्राथमिक शेयर निष्काशन र बाँडफाँड सरलीकृत गर्न भर्खरै निर्माण गरेको ‘बिओआईडी भेरीफिकेसन’ सफ्टवेयर सफल भएको जनाइएको छ ।

अहिले आस्वा सेवा प्रदायक दुई बैंकले सफ्टवेयरको सफलतापूर्वक परिक्षण गरिसकेको छ ।  आस्वा प्रदायक सबै बैंकले यो सफ्टवेयर चलाउन थालेसँगै प्राथमिक शेयर आबेदनकर्ताले घरबाटै अनलाइनमा निवेदन दिँदा घरबाट नै सबै प्रक्रिया पूरा गर्न सकिनेछ ।

एकजना आवेदकले एउटा निस्कासनमा एक पटकमात्र आबेदन दिन सक्ने ब्यबस्था सफ्टवेयरमा गरिएको छ ।

सेन्ट्रलाइज आस्वा सफ्टवेयर पूर्ण रुपमा प्रयोग भएपछी आबेदन मिति सकिएकै भोलिपल्ट वा पर्सिपल्ट शेयर बाँडफाँड गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको