Like us!
Follow us!
Connect us!
Watch us!

टुनामुना गरेको भन्दै छिमेकीले नै खुवाए मलमुत्र

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १६ : ४६ मा प्रकाशित

टुनामुना गरेको भन्दै छिमेकीले नै खुवाए मलमुत्र

महोत्तरीकाे औरही नगरपालिका–९ अग्लेशराका भकती ठाकुर खाना गत बिहीबार खानै लाग्दा छिमेकी रामकिला देवीले चर्को स्वरमा बाहिर बोलाइन् । के भएछ भन्दै ठाकुर निस्केका मात्र थिए रामकिला देवीसँगै आएका उनका छोरा राम उदेश मण्डल, वितियादेवी मण्डल र उनका छोरा कृष्ण मण्डलले भकती ठाकुरलाई आँगनमा नपुग्दै एक्कासी आक्रमण गर्न थाले । कसैले लाठी बर्साउन थाले, कसैले मुक्का प्रहार गरे । उनीहरू सबै मिलेर भकतीलाई गिलासमा ल्याएको मलमुत्र जबर्जस्ती खुवाए ।

५० वर्षीय भकती ठाकुर लोवारलाई यतिबेलासम्म के भइरहेको छ भन्ने थाहा थिएन । तर भिडबाटै रामकिलाले भकतीमाथि टुनामुना गरेर आफ्ना पतिको हत्या गरेको र छोरा सडक दुर्घटनामा परेको आरोप लगाइन् । पतिको हत्या र छोरालाई टुनामुना गरेर घाइते बनाएको आरोपमा रामकिला देवीले भकतीको घरमै पुगेर मलमुत्र खुवाएको पीडित पक्षले बताएका छन् ।

पीडितको मौखिक उजुरीको आधारमा घटनामा सम्लग्न रामकिला देवीलाई प्रहरीले आज पक्राउ गरेको छ भने फरार रहेकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । ‘पीडितहरूले मौखिक उजुरी गरेका छन् र उजुरीको आधारमा अनुशन्धान अगाडि बढाएका छौं,’ उनले भने ।

पीडित भकती ठाकुरको अँखामा चोट लागेको छ । आक्रमणकारीलाई रोक्न खोज्दा ठाकुरकी भाउजू सुमौली देवीमाथि पनि हातपात र कुटपिट भएको छिमेकीहरूको भनाइ छ ।

पीडितहरूले आज (शुक्रबार) बिहानै जिल्ला प्रहरी कार्यालय जलेश्वरमा मौखिक उजुरी दिए पनि घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको