Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको नाफामा छलाङ, पिई रेसियो १३.६६ गुणा हुँदा ईपिएस कति ?

अर्थ संसार

आइतबार, १४ कार्तिक २०७८, ०५ : ४३ मा प्रकाशित

सिद्धार्थ बैंकको नाफामा छलाङ, पिई रेसियो १३.६६ गुणा हुँदा ईपिएस कति ?

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले  ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ८७.२७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ७२ करोड ४२ लाख ८२ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ३०.२५ प्रतिशतले बढेर १ अर्ब ७५ करोड २ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा बैंकको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ भने समिक्षा अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियो) १३.६६ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको