Like us!
Follow us!
Connect us!
Watch us!

यति कार्पेटको कारखाना जलेर खरानी, ६० करोडको क्षति भएको अनुमान (फोटोफिचर)

आइतबार, ०४ असार २०७४, १२ : २३ मा प्रकाशित

यति कार्पेटको कारखाना जलेर खरानी, ६० करोडको क्षति भएको अनुमान (फोटोफिचर)

दिनिता लामिछाने
भक्तपुर– भक्तपुरमा रहेको यति कार्पेटमा गए राति भिषण आगलागि भएको छ । आगलागीबाट ६० करोड रुपैयाँभन्दा बढीको क्षति भएको उद्योगको दावी छ ।

आगलागिबाट कारखानामा रहेको तयारी कार्पेट, कच्चा पदार्थ, केमिकललगायतका सामग्री जलेको उद्योगको एक कर्मचारीले जानकारी दिए । आगलागि शनिबार राति १२ बजे सुरु भएको थियो ।

आगलागिमा परेर उद्योगको सम्पूर्ण संरचना नस्ट भएको छ । समयमा दमकल नपुग्दा ठूलो क्षति हुन पुगेको हो । कारखानाको बीमा भने गरिएको छ ।

बिमा कम्पनीका कर्मचारीले क्षतिको विवरण लिएका छन् । उद्योगको छेउमै रहेको नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफरमबाट आगलागि सुरु भएको थियो । त्यसैबाट विस्तार हुँदै आगो कारखानामा पुगेको थियो ।

सल्लाघारी नजिकैको इटापाखास्थित उद्योगले यति कार्पेट उत्पादन गर्दै आएको थियो ।जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले आगलागी इतिहासकै सवैभन्दा ठूलो भएको बताएका छन् । उनका अनुसार उपयत्यकाभित्रका सवै दमकल प्रयोग गर्दा पनि आगलागी नियन्त्रण गर्न सकिएन ।  

आगलागी नियन्त्रण गर्न सेना, प्रहरी र स्थानीय बासिन्दा सक्रिइ भएका थिए । सबै संरचना जलेपछि आइतबार बिहानमात्र आगो नियन्त्रणमा आएको थियो ।

5946244ded205.jpg 59462451b5a5f.jpg 59462455bfbed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको