Like us!
Follow us!
Connect us!
Watch us!
१४ अंले घटेको बजारमा ५९ करोडको कारोबार

सेयर बजार राताम्मै

आइतबार, ०४ असार २०७४, १५ : ४४ मा प्रकाशित

सेयर बजार राताम्मै

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्स) आज दोहोरो अंकले घटेको छ । आज १३.६१ अंकले घटेको छ । नेप्सेका सवै उपसमूहरु राताम्मै भएका छन् ।

जम्मा  १४३ कम्पनीहरुले ८  लाख ४३ हजार ९ सय १२ कित्ता सेयर  किनबेच हुदाँ ५९ करोड ३३ लाख ८८ हजार ९२ रुपैयाँको भएको छ ।

यस नि बैंकिङ १७.४ अंक, होटल१८.३६अंक, बिकास बैंक १०.९३ अंक, जलविद्युत ३१.२८ अंक, फाइनान्स ०.८५ अंक, ईन्स्योरेन्स १४.७४ अंक, उत्पादन समुह ८.४३ अंक र अन्य १.७४ अंकले घटेको छ ।  

दोहोरो अंकले घटेको बजारमा  एभरेष्ट इन्स्योरेनस लिमिटेडमा  लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी झण्डै १० प्रतिशतले बढाएका छन् ।

त्यसै गरी प्राईम लाईफ इन्स्योरेन्सका लगानीकताले पनि आफ्नो आम्दानी ७  प्रतिशतले बढाएका छन् ।

यता  एभरेस्ट बैक लिमिटेड कन्र्भटिबल प्रर्फमेन्समा लगानी गर्ने लगानकिर्ताले आफ्नो आम्दानी झण्डै १० अंकले गुमाएका छन् । 

त्यसै गरी नगडी गु्रप पावर लिमिटेडका लगानीकर्ताले आफुनो आम्दानी  ५. ५ प्रतिशतले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको