Like us!
Follow us!
Connect us!
Watch us!

२० प्रतिशत सेयर कमिसन लिएर लाइसेन्स बाढ्ने सपनाको बाधक लगानीकर्ता बन्नेछन्

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, ११ : ५० मा प्रकाशित

२० प्रतिशत सेयर कमिसन लिएर लाइसेन्स बाढ्ने सपनाको बाधक लगानीकर्ता बन्नेछन्

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले अब कमिसन खाएर नयाँ बिमा कम्पनीहरुलाई लाइसेन्स बाढ्ने नियामकहरुको सपनाको बाधक आम लगानीकर्ताहरु बन्ने बताएकाछन् । 

समाजिक सञ्जाल मार्फज कार्कीले भने बिमा समितिमा लाइसेन्स कान्डबाट हुन लागेको अरबौको भ्रस्टचार को दुर्गन्ध बजार भरी आइसकेको छ तर त्यो भन्दा माथी तल अनि दायाँ बायाँ सबै बिकिसके जस्तो देखियो कोहि चु गर्दैनन त । अब त्यता पनि हामी आम लगानिकर्ताले चासो राख्नु पर्ने बेला आको छ । 

कार्की अगाडी लेख्छन् खबरदार कुर्सीमा बसेर काम सुक्को नगर्ने भएका बिमा कम्पनिलाइ नै ब्यवसाय बृद्धी को बाधक बन्ने अनि पुरानो लाई मर्जर मा जान दबाब दिने र नयाँलाइ  २० प्रतीशत सेयर सम्म घुस कमिसन लिएर लाइसेन्स बाढ्ने तिम्रो सपना को बाधक अब हामी आम लगानिकर्ता हुनेछौ ।

पछिल्लो समय बिमा समितीले लघुविमा कम्पनी सहित विभिन्न नयाँ बिमा कम्पनीहरुलाई लाइसेन्स दिने समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा यसको चर्को बिरोध हुन थालेको छ । बिमा समितीले केहि समय अघि मात्र हाल कायम बिमा समितीहरुलाई पनि पुँजी बृद्धिगर्न नदिने र कम्पनीहरुलाई मर्जरमा जान दबाद दिएको समाचार बाहिरिएको थियो । भएका कम्पनीहरुलाई मर्जरमा जान दवाव दिने बिमा समितीले अहिले किन नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने तयारी गरिरहेको छ यसमा कमिसन र मिलोमतो भएको हुनसक्ने भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको