Like us!
Follow us!
Connect us!
Watch us!

एआईको प्रयोग गरेर ‘फेक भिडियो’ बनाएर भ्रम फैलाइयो - चन्द्र ढकाल

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, १५ : ३० मा प्रकाशित

एआईको प्रयोग गरेर ‘फेक भिडियो’ बनाएर भ्रम फैलाइयो - चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमा अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता (एआई) निर्मित भिडियो बनाएर भ्रम फैलाइएकोप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले झुटा र भ्रामक प्रचारप्रति सजक रहन आग्रह गरेका हुन् । 

‘कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई, निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झुटा र भ्रामक प्रचार फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएको थाहा हुन आएको छ,’ उनले लेखेका छन् । 

यस्ता झुटा तथा भ्रामक सामग्री तयार गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिसकिएको समेत उनले बताएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको