Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको आइपिओ भर्नु भयो ? आज अन्तिम दिन

सोमबार, ०५ असार २०७४, १३ : ०० मा प्रकाशित

हिमालयन पावर पार्टनरको आइपिओ भर्नु भयो ? आज अन्तिम दिन

 अर्थ संसार, काठमाडौं– भर्नुे होइन, हिमालयन पावर पार्टनरको साधारण सेयर (आइपिओ) ? असार १ गतेबाट खुलेको साधारण सेयर आज (असार ५ ) अन्तिम दिन हो ।

त्यसैले अहिले नै गएर नजिकको स्थानमा गएर भर्नुहोला ।कम्पनीका अनुसार  प्रतिसेयर १०० रुपैयाँको दरले २१ लाख ३० हजार ८३४ कित्ता सेयर निष्काशन गरेको छ ।

कम्पनीले निष्काशन गरेको साधारण सेयर मध्ये ५ प्रतिशत सेयर कर्मचारी तथा सामुहिक लगानी कोषका लागि र बाँकी सर्बसाधारणको लागि छुट्याएकोे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

आवेदन दिन स्थानहरु

कम्पनीको साधारण सेयरका लागि आवेदन ग्लोवल आइएमई क्यापिटल जमल, हिमालयन पावर पानीपोखरी, काठमाण्डौं क्यापिटल मार्केट काठमाण्डौं प्लाजा, प्रभु क्यापिटल कमलादी, सिविआईएल क्यापिटल डिल्लीबजार, एस क्यापिटल दरबारमार्गबाट पाइने छ । त्यसै गरी  सिभिल क्यापिटल सुन्धारा, भिभोर क्यापिटल पुल्चोक रिलायवल क्यापिटल सुन्धारा, एन

आइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल नक्साल, र ग्लोबल आएमई बैंकका पोखरा, नेपालगञ्ज, विराटनगर, वुटवल, धनगडी, महेन्द्रनगर, विर्तामोड शाखाबाट आवेदन दिन सकिने जनाइएको छ ।सर्बसाधारण लगानीकर्ताले आस्वा प्रणाली अपनाएका सबै बैंकबाट आवेदन दिन सक्नेछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको