Like us!
Follow us!
Connect us!
Watch us!
२१ अंकले घटेको बजारमा ६४ करोडको कारोबार

सेयर बजारमा पहिरो

सोमबार, ०५ असार २०७४, १५ : १५ मा प्रकाशित

सेयर बजारमा पहिरो

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आज पहिरो गएको छ ।  नेप्से दोहोरो अंकले घटेको छ । २०.८२ अंकले घटेको बजारमा ६४ करोड ९८ लाख ८ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ३७ वटा कम्पनीको ८ लाख १४ हजार ४ सय ५३ कित्ता सेयर बिक्री भएको छ ।  आज नेप्सका सवै उपसमूहहरु राताम्मै भएका छन् ।

यस दिन सवै भन्दा बढी इन्स्योरेन्स १४२.८९ अंकले घटेको छ । त्यसै गरी बैंक २०.३८ अंक, होटल १६.६२ अंक, विकास बैंक २१.३१ अंक, हाइड्रोपावर १८.५१ अंक, फाइनान्स १० अंक, उत्पादन २३.२५ अंक र अन्य २.३१ अंकल घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा एभरेष्ट बैंक लिमिटेड कन्भर्टिकल प्रर्फमेन्समा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी ९.४ प्रतिशतले गुमाएका छन् ।

त्यसै गरी मिथिला लद्युवित्त विकास बैंक र तिनउ डेभलपमेनट बैंकका लगानीकर्ताले आफ्नो आम्दानी झण्डै ५ प्रतिशतले गुमाएका छन् ।

यता तारागन रेजेन्सी होटल लिमिटेड, कन्चन डेभलपमेन्ट बैंक आदि लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले भने केही प्रतिशत आफ्नो आम्दानी बढाएका छन् । 

यो पनि पढ्नुहोस्

तपाई सेयर बजारमा सफल हुन चाहानु हुन्छ ? यस्ता छन, टिप्स

मनाङ जिल्लाको चामेमा सिटिजन्स बैंकको ५९ औं शाखा आरम्भ

चिनियाँ लगानीको पूर्वाधार बैंकले आलसम्मकै ठूलो लगानी गर्दै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको