Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको तयारीमा रहेको रैराङ हाइड्रोपावरको बिद्युत आम्दानीसंगै २७ प्रतिशतले घट्यो खुद मुनाफा

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ०९ : ५९ मा प्रकाशित

मर्जरको तयारीमा रहेको रैराङ हाइड्रोपावरको बिद्युत आम्दानीसंगै २७ प्रतिशतले घट्यो खुद मुनाफा

रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ जुन गत आर्थिक बर्षको तुलनामा २७.७३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ  । कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२४ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यसैगरी, हाल कम्पनीको चुक्ता पुँजी  ५६ करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी २९ रुपैयाँँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७८ पैसा छ ।

हाल यो कम्पनी र रिडी हाइड्रोपावरका बिचमा मर्जरका प्रारम्भिक सम्झौता भइसकेकाले यो कम्पनीको सेयरको दोस्रो बजार कारोबार रोक्का गरिएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

6191dfb8979aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको