चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा १९ प्रतिशत भन्दा बढीले बढेको छ । वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३१ प्रतिशतले वृद्धि भएको हो ।
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)सम्म २० वटा वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष २०८१/८२ को जेठसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १९.६२ प्रतिशतले बढेको छ । २० वाणिज्य बैंकहरु मध्य सबै भन्दा बढी नाफा कमाउनेमा नबिल बैंक शिर्ष स्थानमा रहेको छ । यो अवधिमा वृद्धिदरका हिसाबले कुमारी बैंक पहिलो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ । यस अवधिसम्म नबिल बैंकले सबै भन्दा बढी ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो बैंकको नाफा ३२.५२ प्रतिशतले बढेको छ ।
यसैगरी धेरै नाफा कमाउने वाणिज्य बैंकको दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले समीक्षा अवधिसम्म ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.९६ प्रतिशतले घटेको छ । तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ११६८.४५ प्रतिशतले बढेको छ । जुन वाणिज्य बैंकहरुको नाफादर वृद्धिदरमा सबै भन्दा धेरै हो ।
त्यस्तै समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ४९ करोड कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा २१.०५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै यो अवधिमा एभरेष्ट बैंकको नाफा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ अर्ब १२ करोड रुपैयाँ कमाएको छ । यो बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । यो बैंकको नाफामा पनि २.७७ प्रतिशतले कम हो ।
त्यस्तै प्राइम कर्मसियल बैंकको नाफा २९.०७ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको नाफा २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.८२ प्रतिशतले बढेको हो । यो बैंकको नाफा गत आर्थिक वर्षको ११ महिनाको अवधिमा २ अर्ब २० करोड रुपैयाँ रहेको थियो । त्यस्तै एनएमबी बैंकको नाफा ११ महिनाको अवधिमा १९.७८ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै यो अवधिमा नेपाल बैंकको नाफा ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको भन्दा ८.३७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै समीक्षा अवधिमा सानीमा बैंकको नाफा ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा ४४.८४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब १५ करोड नाफा कमाएको थियो । त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको भन्दा यो नाफा १२.१८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा सिद्धार्थ बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै स्ट्यान्र्डर्ट चार्टर्ड बैंकको नाफा २ अर्ब ६२ करोड, माचापुच्छ्रे बैंकको नापा २ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको नाफा १ अर्ब ९५ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको नाफा १ अर्ब ८३ करोड, सिटिजन्स बैंकको १ अर्ब ७४ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ५० करोड रुपैयाँ, हिमालय बैंकको नाफा १ अर्ब १६ करोड पुगेको छ । त्यस्तै समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ । यो बैंकले ५० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस