राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङमाथि आक्रोश पोखेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै तिमी गृहमन्त्री हौ कि कन्टेट क्रियटर ? भन्दै प्रश्न गरे।
उनले गृहमन्त्री क्यामरा र युट्युब बोकेर हिँडेको आरोप लगाए
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर उनले भने, ‘गृह मन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने, आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो। आज युट्युबमा कन्टेन्ट कति क्रिएटर ग¥यो त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा गृह मन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गर्दिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनुको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ ?’
सरकारले पछिल्लो समय जनताको जीवन कठिन बनाउँदै लगेको आरोप लगाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस