Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार झिनो अंकले घट्यो, ६ अर्ब ८६ करोडको कारोबार

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, १५ : ०९ मा प्रकाशित

सेयर बजार झिनो अंकले घट्यो, ६ अर्ब ८६ करोडको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज भने १.१३ अंकले घटेको हो ।

आज सेयर बजार परिसूचक २६००.७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १२० कम्पनीको सेयर मूल्य बढेको छ । आज १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेर ४५३.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य घटेको छ भने ५ वटाको बढेको छ । 

आज परिसूचक झिनो अंकले घटेको दिन कारोबार भने वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ६१ करोड माथिको कारोबार भएको बजारमा आज भने ६ अर्ब ८६ करोड माथिको कारोबार भएको छ । आज ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ५३ हजार ४३२ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको