Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालय, सुर्खेतलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण

अर्थ संसार

आइतबार, २८ असार २०८३, १४ : ४२ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालय, सुर्खेतलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरेन्द नगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द खनालले बिरेन्दनगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष दिनेश खत्रीलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका थिए । विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भएता पनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नभएको कारण विद्यार्थी तथा शिक्षकहरू हालसम्म शुद्ध पानी प्रयोग कठिन रहेको थियो ।

यस अवस्थालाई मध्यनजर गर्दै विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति हार्दिक आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बिरेन्द«नगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष, विद्यालय व्यवस्थापनका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको