Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको नाफा १० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, ०७ : ५५ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको नाफा १० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीले मुनाफा बृद्धि ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १०.८८ प्रतिशतले बढेर ६ करोड १७ लाख १ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असोज मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि १०.०७ प्रतिशतले बढेर ३९ करोड ४२ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ६२ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २२ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ०९ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्ः  

619465c54d8c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको