Like us!
Follow us!
Connect us!
Watch us!
नयाँ व्यवस्थासँगै नयाँ लगाकर्ताको बजारमा

लगानीकर्ताको ध्यान साधारण सेयरमा

विहीबार, ०८ असार २०७४, ०८ : १२ मा प्रकाशित

लगानीकर्ताको ध्यान साधारण सेयरमा

अर्थ संसार,काठमाडौं -साधारण सेयर प्रति लगानीकर्ता आकर्षित हुन थालेका छन् । हिजोआज दोस्रो सेयर बजारप्रति लगानीकर्ता कारोबार गर्न डराई रहेका छन् ।

बैंकहरुको उच्च व्याजदर र राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरु दोस्रो सेयर बजारप्रति डराएका हुन् ।

यी कारणले गर्दा लगानीकर्ता कुन कम्पनीको साधारण सेयर आउँदैछ भनेर पर्खिरहेका छन् । कम्पनीले खुलाएका साधारण सेयरमा आवेदन दिनको संख्या पनि माग भन्दा २०देखि ४० गुणा बढी हुने देखिन्छ ।

पछिल्लो समय साधारण सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको पछिल्ला उदाहारण हिमालय पावर पार्टनर कम्पनीमा परेको आवेदनले छलाङ्ग हुन्छ ।

बजार तरलताको अभाव कायमै रहेता पनि हिमालय पवार पार्टनरको साधारण सेयरमा ८ अर्ब २० करोड ८३ लाख रुपियाँको हाराहारमा आवेदन परको छ ।

ग्लोबल आइएमाई क्यापिटलमार्फत असार १ गतेदेखि ५ गतेसम्मका लागि आह्वान गरिएको जलविद्युत आयोजनाको अझै अन्तिम विवरण भने आउन बाँकी रहेको क्यापिटलले जनाएको छ । 

यस हिमालय पावर पार्टनरको २१ करोड ३० लाखको साधारण सेयर निष्कासन भएकोमा ४२ हजार ६ सय १७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५ सय ४२ कित्ता म्युचअल फण्डलाई छुट्याइएको छ ।

धितोपत्र बार्डको नयाँ नियम लागू गरेसँगै पनि साना लगानीकर्ताहरु पनि बजारमा आउन थालेका छन् । सवैलाई साधारण सेयर दिने व्यवस्था लगाएपछि साना नयाँ लगानीकर्ताहरु बजारमा देखिन थालेको ब्रोकरहरु बताएछन् । नयाँ नियम अनुसार आवेदन दिने सवैलाई कम्तीमा १० कित्ता सेयर दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको