Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गरेर राख्नुहोस, मध्य भोटेकोशीको ३ अर्ब बराबरको साधारण सेयर आउँदै

विहीबार, ०८ असार २०७४, १४ : २० मा प्रकाशित

पैसा जम्मा गरेर राख्नुहोस, मध्य भोटेकोशीको ३ अर्ब बराबरको साधारण सेयर आउँदै

अर्थ संसार, काठमाडौँ, चिलिमे जलविद्युत् आयोजनाको सहायक कम्पनीले निर्माण गरिरहेको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले रु  २ अर्ब ९४ करोड बराबरको २ करोड ९४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

यसमध्ये प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ताका लागि १९.५ प्रतिशतले हुन आउने रु १ अर्ब १७ करोड बराबरको १ करोड १७ लाख कित्ता सेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई साढे ३ प्रतिशत हुन आउने २१ करोड बराबरको २१ लख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशतले हुन आउने ६ करोड बराबरको ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
 
यस्तै दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दालाई १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर तथा तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

यो पनि पढ्नुहोस् 

तपाईं यदि सेयर बजारमा आबद्द हुने योजनामा हुनुहुन्छ ? यी कुरा जान्नै पर्छ !

लगानीकर्ताको ध्यान साधारण सेयरमानयाँ व्यवस्थासँगै नयाँ लगाकर्ताको बजारमा

२५ प्रतिशत लाभांश दिदै साल्ट ट्रेडिङ 

नेपाल लाइफ र प्रुडेन्सियलको बोनश सेयर सुचिकृत 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको