अर्थ संसार, सप्तरी– जिल्ला सिँचाइ कार्यालयले रु चार करोड ४१ लाखको लागतमा स्थानीय बनौली र अर्नाहा गाविसमा सिँचाइ पुर्याउन हेडबक्स र अन्य सिँचाइ पूर्वाधार निर्माण सुरु गरेको छ ।
आकाशे पानीको भरमा खेती गर्दै आएका बनौली, अर्नाहा र सतबेदाहा नहरशाखाअन्तर्गत पाँची खोलाबाट सिँचाइ गर्न हेडबक्स निर्माणका लागि त्यस क्षेत्रमा पक्की सुलुसगेट, बाँध, हेड रेगुलेटर निर्माण कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।
तीन वर्षीय योजनाअन्तर्गत सो कार्यालयबाट भइरहेको हेडबक्स निर्माणले सो शाखाअन्तर्गत करिब ९०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु भएको निमार्ण कार्य ६० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख अशोक साहले जानकारी दिनुभयो ।
ठेक्का सम्झौताअनुसार असोज मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य रहे पनि वर्षायामका कारण केही थप समय लाग्नेसमेत उहाँले उल्लेख गर्नुभयो । हेडबक्स निर्माणले बनौली अनौहा र सतबेदाहा शाखाअन्तर्गत ग्रामीण क्षेत्र गहुँबाली, धानबाली, तेलहन, दलहनबाली उत्पादन गर्ने आकाशे पानीको भर नपर्ने उहाँले भन्नुभयो ।
सो क्षेत्रमा यसअघि माटोको कच्ची बाँध बनाएर खेती गर्दै आएका थिए । साथै बाँध नहुँदा वर्षायाममा कच्ची बाँध भत्किदा बाढीले खेती चौपट हुने गरेको स्थानीयवासी बुधनी देवी सरदारले बताउनुभयो । हेडबक्स निर्माणपछि किसानको खेतसम्म पानी पुर्याउन पक्की कुलो, पैनी र कल्भर्ट तथा ड्रम्प निर्माण गनुपर्ने आवश्यकता रहेको सो कार्यालयले जनाएको छ । सो निर्माण कार्यबाट स्थानीयवासी उत्साहित भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस