Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डकाे अध्यक्ष छनाेट गर्न अर्को सिफारिस समिति गठन

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, २२ : ४१ मा प्रकाशित

धितोपत्र बोर्डकाे अध्यक्ष छनाेट गर्न अर्को सिफारिस समिति गठन

नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षकाे नियुक्तिलाई अर्को सिफारिस समिति गठन भएकाे छ । बोर्डको नयाँ अध्यक्ष छनोटका लागि मन्त्रीपरिषद् बैठकले समिति छनोट गरेको छ । अब नयाँ अध्यक्ष छनाेटकाे प्रकृया अघि बढ्नेछ ।

यसअघि बोर्ड अध्यक्ष छनोटका विषयमा कानूनी रुपमा विवाद देखिएपछि नयाँ समिति गठन गरिएकाे हाे । धिताेपत्र समिति ऐन अनुसार नेपाल सरकारकाे तर्फबाट मन्त्रीपरिषद् बैठकले छनाेट समिति गठन गर्नुपर्नेछ । यसअघि भने अर्थ मन्त्रालयले समिति बनाएकाे थियाे । 

हाल बनेको समितिमा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा डा. जीवनाथ धिताल रहेका छन् ।

यसअघि नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि खोलेको विज्ञापनमा ११ जनाबाट आवेदन परेको थियाे । बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व ​कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाईँ, अनिल पौडेल, कृष्ण आचार्य र हेमन्त बस्यालको आवेदन दिएका थिए ।

असाेज १९ गते, मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेकाे थियाे । ढुंगानालाई सरकारले बर्खास्त गरेपछि नयाँ अध्यक्ष नियुक्ती गरिन लागेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको