Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि नेपाल बैंकको हकप्रद सेयर लिलामी, यहाँबाट आवेदन दिनुहोस्

मंगलबार, १३ असार २०७४, ०८ : ०८ मा प्रकाशित

आजदेखि नेपाल बैंकको हकप्रद सेयर लिलामी, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– आजदेखि नेपाल बैंकले सर्वसाधारण समूहको १ लाख ८९ हजार ६२५ कित्ता सेयर लिलामीमा बिक्री सुरु गरेको छ । आजदेखि (असार १३ गते ) बाट सुरु भएको लिलामी हकप्रद सेयर असार १९ गतेसम्म आवेदन दिन सकिन्छ ।

बैंकले गत वैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर  लिलामीमा बिक्री गर्न लागेको हो । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले लिलामीमा सेयर न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भरी आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

लिलामीमा शेयरका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा पुग्नेगरी बोलपत्र फारम भर्नुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र फारम असार २० गते खोलिने  बिक्री प्रबन्धकको कार्यालयले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको