Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ विकास बैंकको हकप्रद सेयर ललामी आउँदै

मंगलबार, १३ असार २०७४, १२ : ०२ मा प्रकाशित

तिनाउ विकास  बैंकको हकप्रद सेयर ललामी आउँदै

अर्थ संसार, काठमाडौं– तिनाउ विकास बैंकको हकप्रद सेयर लिलामी निष्काशन गर्ने भएको छ । बैंकले हकप्रदमा नबिकेकको सेयर लिलामी मार्फत बिक्री गर्ने  भएको हो । 

१ सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६ कित्ता सेयर निष्काशन गरेको बैंकको ३१ हजार ४९७ कित्ता शेयर बिक्री भएको छैन् ।

उक्त हकप्रद सेयर लिलामी गर्न लागेको हो । गत वैशाख १९ देखि जेठ २२ गतेसम्म १० बराबर ३.५ अर्थात ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो ।

लिलामीबाट बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार २० देखि असार २७ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको