Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, बजारमा लिलामी सेयर फालाफाल

मंगलबार, १३ असार २०७४, १३ : ०० मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, बजारमा लिलामी सेयर फालाफाल

अर्थ संसार, काठमाडौं– विगत केही महिनादेखि सेयर बजारमा देखा परेको उतारचढाबले दोस्रो सेयर बजार जोखिम बन्दै गएको छ ।

बैकिङ तथा विक्तिय संस्थालाई तिर्नु पर्ने उच्च व्याजर र देशको पछिल्लो राजनीतिक अस्थिरता कायमै भएकाले सेयर बजारमा थप जोखिमपूर्ण बनेको हो ।

कुनै दिन सेयर बजार दोहोर अंकले बढ्छ भने त्यसको भोलिपल्टै दोहोरो अंकले घट्छ । हिजोआज सेयर बजारमा चलेको यो नियमित घटना हो ।  

जसले गर्दा लगानीकर्ता दोस्रो सेयर बजार भन्दा पनि सर्वसाधारण सेयर, एफपिओ र  लिलामी  सेयरमा आकर्षित हुन थालेको छन् ।

लगानीकर्ताहरु  हिजोआज कुन कम्पनीका लिलामी सेयर आउँछ भनेर कुरिरहेका छन्  । बजारमा टुरिजम  डेभलपमेन्ट बैंक र नेपाल बैंकको लिलिामी सेयर बजारमा छ ।

त्यसैगरी आरएमडीसी, नेरुडे लद्युवित्त, सिटिजन्स बैंक, नेपाल बंगलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, गरिमा विकास बैंक र तिानउ डेभलपमेन्ट बैंकको लिलामी सेयर बजारमा आउँदै छ । 
 

595217657b018.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको