Like us!
Follow us!
Connect us!
Watch us!
आवेदन दिन छुटाउनुभयो कि ?

१३ वित्तिय संस्थाले दिदैछ हकप्रद सेयर

बुधबार, १४ असार २०७४, १२ : ४१ मा प्रकाशित

१३ वित्तिय संस्थाले दिदैछ हकप्रद सेयर

अर्थ संसार,काठमाडौँ– धितोपत्र बजारमा आफ्नो उपस्थिती बलियो बनाउने र संस्थाको वित्तिय स्रोत बढाउने लक्ष्यका साथ विभिन्न १३ वटा वित्तिय संस्थाले हकप्रद सेयर जारी गर्ने भएका छन् ।

ती मधये केहीको हकप्रद सेयर भर्ने समय अब एकाध दिन मात्रै बाँकी रहेको छ भने केहकिो अझै दुइृ महिनासम्म पनि हकप्रद सेयर भर्ने अवधि रहेको छ ।

सनराइय बैंकले गत जेठ १६ गते हकप्रद सेयर निस्काशन गरेको थियो । सो बैंकको यही असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो बैंकको एक कारेड ६३ लाख ५९ हजार ६३६ कित्ता सेयर आह्वान गरेको थियो ।

यस्तै सिद्धार्थ बैक लिमिटेडले गत जेठ २५ गते हकप्रद सेयर आवेदनका लागि आह्वान गरेको थियो । सो बैंकको यही असार २८ गतेसम्म आवेदन दिने अवधि रहेको छ । १करोड ५७ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर आह्वान गरेको थियो ।

यस्तै हकप्रद सेयर दिने लाइनमा स्वरोजगार लघुवित्त विकास बैंकले यही असार १ गते हकप्रद सेयरका लागि आह्वान गरेको थियो । सो बैंकको आगामी सायन ४ गतेसम्म आवेदन दिने अवधि रहेको छ । सो बैंकले तीन लाख ४९ हजार ९९३ कित्ता हकप्रद सेयर आह्वान गरेको हो ।

एनबी इन्सुरेन्सले २७ लाख कित्ता हकप्रद सेयरको लागि लगानीकर्तालाई आह्वान गरेको थियो । यही असार ५ गतेदेखि आगामी सायन ८ गतेसमम आवेदन दिने पाइने व्यवस्था गरिएको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एक लाख ५० हजार कित्ता हकप्रद सेयर यही असार ५ गतेदेखि आगामी साउन ८ गतेसम्म अवोदन दिन पाइनेछ । कामना विकास बैंक गुडबिल फाइनान्स, एभरेष्ट बैंक, पूूर्णिमा विकास बैंक, अल्पाइन डेलपमेन्ट बैंक रिलायबल माइक्रोफाइनान्स , हिमालयन जनरल इन्सुरेन्स लुम्बिनी जनरल इन्सुरेन्सको पनि हकप्रद सेयर आउने क्रममा रहेको छ । कामनाको यही असार ११ गतेदेखि आगामी साउन १५ गतेसम्म २४ लाख कित्ता हकप्रद सेयरमा आवेदन गर्न सकिनेछ ।
एभरेस्ट बैंकको यही असार १८ गतेदेखि साउन २२ गतेसमम एक करोड ५० लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्काशन हुन लागेको छ ।

पूर्णिमा विकास बैंकको यही असार १९ गतेदेखि आगामी साउन २२ गतेसमम आवेदन दिन सकिनेछ भने अल्पाइनको यही असार १९ गतेदेखि आगामी साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

हिमालयन र लुम्बिनी इन्सुरेन्सको पनि क्रमशः यही असार २८ र ३० गतेदेखि क्रमशः साउन ३१ र भदौ १ गतेसमम आवेदन दिन सकिने ती कम्पनीहरुले जानकारी दिउका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको