Like us!
Follow us!
Connect us!
Watch us!
(कहाँ भर्न सकिन्छ हेर्नोस लिस्ट सहित)

लुम्बिनी जनरल इन्सुरेन्सको ३९ लाख कित्ता हकप्रद सेयर आउँदै

बुधबार, १४ असार २०७४, १२ : ५२ मा प्रकाशित

लुम्बिनी जनरल इन्सुरेन्सको ३९ लाख कित्ता हकप्रद सेयर आउँदै

अर्थ संसार, काठमाडौँ– लुम्बिनी जनरल इन्सुरेन्सले यही असार ३० गतेदेखि १ बराबर एक अनुपातामा हकप्रद सेयर निस्काशन गर्ने भएको छ ।

कम्पनीको प्रतिकित्ता  रु एक सय मूल्य अंकित गरिएको ३९ लाख कित्ता हकप्रद सेयर निस्काशन गर्न लागिएको  बैंकले जनाएको छ । यही असार १२ गतेसमम कायम सेयर धनीले सो हकप्रद सेयरमा आगामी भदौ १ गतेसमम आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धकमा सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ । यस्तै एस क्यापिटल लिमिटेड र सिटिजन बैंकका सबै कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।

 हाल कम्पनीको चुक्ता पूँजी रु ३९ करोड रहेकोमा हकप्रद निस्काशन तथा बाँडफाँडपछि चुक्ता पूँजी रु ७८ करोड पुग्ने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको