Like us!
Follow us!
Connect us!
Watch us!

लगानीका लागि तयार रहनुस् : दश जलविद्युत् कम्पनीको आइपीओ आउँदै

बुधबार, १४ असार २०७४, १९ : १५ मा प्रकाशित

लगानीका लागि तयार रहनुस् : दश जलविद्युत् कम्पनीको आइपीओ आउँदै

केशव रोक्का, 
काठमाडौँ– नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा नै दश जलविद्य्त कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउनै लागेको छ ।
मात्रै प्रतिक्षा जरुरी रहेको छ ।

तर नझुक्किनु होला ती आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका जनतालाई मात्रै साधारण सेयर बाड्ने बताएको छ । प्रभावित क्षेत्रका जनतालाई साधारण सेयर दिएपछि अन्य साधारण लगानीकर्ताका लागि पनि तिनले आह्वान गर्नेछन् ।

सरकारले कानुन संशोधन गरी जलविद्युत् आयोजनामा १० प्रतिशत साधारण सेयर आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्य रुपमा प्रदान गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सम्बद्ध आयोजना त्यसतर्फ आकर्षित भएका हुन् ।

आँखुखोलाको आठ लाख कित्ता

सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड पनि रहेको छ । सो आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासनका लागि गत जेठ ३१ गते निवेदन दिएको हो ।

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडको दुई लाख  कित्ता

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई प्रदान गर्ने भएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको तीन लाख ७१ हजार कित्ता

बोर्डकाअनुसार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीयवासीलाई रु तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ ।

शुभम पावर लिमिटेडको दुई लाख  कित्ता

शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता

त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीका लागि रु ११ करोड बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

लङ्घिङ बुद्धपावर कम्पनी नौ लाख ७८ कित्ता

लङ्घिङ बुद्धपावर कम्पनीले पनि स्थानीयवासीका लागि रु नौ करोड ७८ लाख बराबरको साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

युनिक हाइडेल कम्पनी पाँच लाख ५५ हजार

युनिक हाइडेल कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि रु पाँच करोड ५५ लाख बराबरको सेयर निष्कासन गर्न लागेको छ ।

पञ्चकन्या जलविद्युत् कम्पनीको ११ लाख कित्ता

उता पञ्चकन्या जलविद्युत् कम्पनीले स्थानीयवासीलाई ११ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारीसहित बोर्डमा निवेदन दिएको छ ।

न्यादी पावरको पनि पाइप लाइनमा

यस्तै न्यादी पावरले पहिलो चरणमा लमजुङको मस्र्याङ्दी गाउँपालिकालाई रु पाँच करोड बराबरको र लमजुङ जिल्लालाई रु १४ करोड ७० लाख बराबरको साधारण सेयर दिने तयारी गरेको छ । सोही आयोजनाले निकट भविष्यमा नै आमनागरिकका लागिसमेत रु ६३ करोड बराबरको साधारण सेयर जारी गर्नेछ ।

सरकारी कम्पनी पनि पाइप लाइनमा

यस्तै सरकारी लगानीको रसुवागढी र सान्जेन, मध्य भोटेकोशीलगायतका आयोजनाको समेत सिमित आइपीओ आउने तयारीमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको