Like us!
Follow us!
Connect us!
Watch us!

केरुङमा बाक्लो हिमपातपछि नेपाल आयात हुने सामान लोड हुन सकेन

अर्थ संसार

विहीबार, १५ पुस २०७८, १० : ४२ मा प्रकाशित

केरुङमा बाक्लो हिमपातपछि नेपाल आयात हुने सामान लोड हुन सकेन

चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयातमा प्रभावित भएको छ । मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन् ।

केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएकाे छ,' उनले भने । 

हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए । ‘सामान लोड भएर बसेका गाडि केरुङबाट रसुवागढी आउन सकेको छैन, हिमपात भइरहेकाले लोड हुन सकेको छैन भनेर जानकारी  आएको छ, उनले भने, हिउँ छ, यातायात अवरुद्ध भएको छ भनिएको छ, अब कति दिन लाग्छ भन्ने यकीन छैन ।'

अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केहि दिन नेपाल सामान आयातमा प्रभावित हुने देखिएको छ ।  

चिनियाँ पक्षले दैनिक बिहान ९ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक ९ वटा कन्टेनर मार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएकाे थियो । मंगलबार बेलुका नै नाकाको सीमा पारी पुगेक ७ कन्टेनरले बुधबार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए । 'बुधबार बिहान ७ चिनियाँ कन्टेनरमार्फत सामान आयात भएको छ, बेलुकी दुई कन्टेनर आउने गर्थ्याे, तर बुधबार भने आएन्, चिनिया पक्षले हामीलाई केही जानकारी गराएको छैन,' उनले भने  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको