Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा साढे १४ खर्बको आयात,सबैभन्दा बढी आयात हुनेमा डिजेल

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १२ : २५ मा प्रकाशित

११ महिनामा साढे १४ खर्बको आयात,सबैभन्दा बढी आयात हुनेमा डिजेल

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले १ अर्बभन्दा बढीको डिजेल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्मको अवधिमा नेपालले १  खर्ब  २९ अर्ब २० करोड रुपैयाँको डिजेल आयात गरेको छ । यो अवधिमा नेपालले १२ लाख ५१ हजार २७ किलोलिटर डिजेल आयात गरेको छ ।

१४ खर्बभन्दा बढीको वस्तु आयात भएको ११ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तु नै डिजेल हो । त्यस्तै धेरै आयात हुने वस्तुको दोस्रो नम्बरमा पेट्रोल रहेको छ । ११ महिनाको अवधिमा नेपालले ६ लाख ३० हजार ६३ किलो लिटर पेट्रोल आयात भएको छ । नेपालले पेट्रोल आयातका लागि मात्रै ६२ अर्ब ८७ करोड ७३ लाख बढी खर्च गरेको छ ।

यो अवधिमा नेपालले ५१ अर्ब ७ करोड बढीको एलपी ग्यास आयत गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको