Like us!
Follow us!
Connect us!
Watch us!

तीन गुणाले बढ्यो विद्युतिय सवारीको आयात , दश महिनाको राजश्व संकलन नौ अर्ब ३६ करोड

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १४ : १२ मा प्रकाशित

तीन गुणाले बढ्यो विद्युतिय सवारीको आयात , दश महिनाको राजश्व संकलन नौ अर्ब ३६ करोड

विद्युतीय गाडीको आयात तीन गुणाले बढेको छ। 

चालु आवको पहिलो १० महिनामा ८ हजार ४ सय ९७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । । यो वृद्धि गत वर्षको तुलनामा करिब तीन गुणाले हो । गत वर्ष सोही अवधिमा दुई हजार ९ सय ५५ वटा विद्युतीय गाडी आयात भएको थियो।

पछिल्लो समय व्यवसायी र सरकारले नै विद्युतीय गाडी आयातलाई प्राथमिकता दिँदै आएको छ। विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण आयात बढेको भन्ने बुझिन्छ।

साथै, स्वदेशमै उत्पादन हुने विद्युत खपत बढाउनका लागि समेत सरकारले चुलो देखि सवारी साधनसम्म विद्युतको प्रयोग बढाउने नीति लिएको हुनाले पनि विद्युतीय सवारीको आयात बढेको हो ।

वैशाखसम्ममा ५० किलोवाटसम्मका तीन हजार ४७२, ५१ देखि १०० किलोवाटसम्मका चार हजार ८९६ वटा, १०१ देखि दुई सय किलोवाटसम्मका १०५ वटा र त्यसभन्दा ठुला क्षमताका २४ वटा कार्जिप्भ्यान आयात भएको छ । वैशाख महिनामा मात्र एक हजार चार सय वटा विद्युतीय कार भित्रिएको भन्सार विभागले जनाएको छ । साउनदेखि वैशाखसम्ममा विद्युतीय सवारी आयातको लागि २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

जसवापत सरकारले नौ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । समिक्षा अवधिमा आठ अर्ब ४१ करोड रुपैयाँँका दुई हजार ९५५ विद्युतीय कार आयात गरिएको थियो । गत वर्ष दुई अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

बैशाख महिनामा मात्र १ हजार ४०४ वटा विद्युतीय गाडी भित्रिएको छ। विभागको तथ्याँक अनुसार चैतमा ६५८ वटा विद्युतीय गाडी आयात भएका थिए भने यस्तै फागुन महिनामा २७६ वटा गाडी अयात भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको