Like us!
Follow us!
Connect us!
Watch us!

रैराङको आइपीओमा चार गुणा बढी आवेदन, सर्वसाधारणका लागि पनि खुल्दै

विहीबार, १५ असार २०७४, १३ : २४ मा प्रकाशित

रैराङको आइपीओमा चार गुणा बढी आवेदन, सर्वसाधारणका लागि पनि खुल्दै

अर्थ संसार,काठमाडौँ–  रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले स्थानीयबासीका लागि वितरण गर्न लागेको साधारण सेयरमा चार गुणा बढी आवेदन परेको छ ।

कम्पनीले जारी पूँजीकोे १० प्रतिशत रकम बराबरको ५ लाख ६० हजार कित्ता साधारण शेयर प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको थियो ।

कम्पनीले प्रत्यक्ष प्रवाभित पाँचथरको साविक थर्पु तथा ताप्लेजुङको साविक साँव्लाखुका लागि २ लाख ४० हजार कित्ता तथा दुवै जिल्लाका बाँकी गाविसका लागि ३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

दुवै जिल्ला र प्रभावित क्षेत्रका वासिन्दाले ५ हजारभन्दा बढी आवेदनमार्फत रु २३ करोड बराबरको शेयर आवेदन दिएका छन् ।

२०५९ वैशाख २ मा निजी कम्पनीका रूपमा दर्ता भएको रैराङ हाइडोपावर डेभलपमेण्ट कम्पनी २०७१ बैशाख १७ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

कम्पनीले धादिङमा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीले हाल ९.९ मेगावाट  क्षमताको इवाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

आयोजनाले आम नेपालका लागि छिट्टै साधारण सेयर जारी गर्ने तयारी गरेको जनाएको छ । स्थानीयबासीका वितरण गरिने सेयरको सबै काम सम्पन्न भएपछि आम नेपालीका लागि साधारण सेयर जारी गरिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको