Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बन्दप्रति लगानकिर्ता संघको आपत्ति

विहीबार, १५ असार २०७४, १७ : ५१ मा प्रकाशित

सेयर बजार बन्दप्रति लगानकिर्ता संघको आपत्ति

अर्थ संसार, काठमाडौं–ब्रोकरले  सेयर बजार बन्द गराएकोप्रति सेयर लगानीकर्ता संघले आपत्ति जनाएको छ  संघले आज (बिहिबार) एक बिज्ञप्ति जारी आपत्ति जनाएको हो ।

आन्तरिक राजस्व विभागले ब्रोकर कम्पनीलाई मुल्य अभिवृद्धी कर (भ्याट) मा दर्ता हुन पत्रचारको विरोधमा ब्रोकरहरुले अचानक सेयर बजार बन्दा गराएका थिए ।

संघले  ब्रोकरहरुले दक्षिण एसिया कै महँगो कमिशन असुल गर्दा पनि आफ्नो कर्तब्य प्रति गैर जिम्मेवार भएको भन्दै खेद प्रकट गरेको हो ।

त्यसै गरी संघले तत्काल बजार खुलाउन र लगानीकर्तालाई कारोबारबाट बन्चित गराउंदा हुन् गएको क्षतिपूर्ति समेत लगानीकर्तालाई दिलाउन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

बजार बन्दको विरोधमा संघले नेपाल स्टक एक्स्चेन्ज (नेप्स) कार्यालयमा धर्ना समेत दिइरहेका छन् ।

संघले खुल्ला अर्थतन्त्रमा यस प्रकारका गैर जिम्बेवार गतिबिधि गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्न समेत नियामक निकाय सँग आग्रह समेत गरेको छ ।

 

5954ed8c5366f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको