Like us!
Follow us!
Connect us!
Watch us!

के किम जोङ उन ‘देश र जनताका लागि थोरै खाएर’ दुब्लाएका हुन् ?

अर्थ संसार

सोमबार, १९ पुस २०७८, १० : २९ मा प्रकाशित

के किम जोङ उन ‘देश र जनताका लागि थोरै खाएर’ दुब्लाएका हुन् ?

दक्षिण कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन् । कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन् । 

नाटकीय ढंगले उनको घट्दो तौललाई उनको स्वास्थ्यसँग पनि जोडिएको छ । तर, उनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको उत्तर कोरियाली सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् । 

किमको ‘फिगर’ अहिले सुन्दर देखिएको र उनले ‘देश र जनताका लागि थोरै खान थालेको’ केसीएनएले दाबी गरेको छ । 

नयाँ वर्षको अवसरमा वर्कस पार्टीको नीति घोषणा गर्ने क्रममा उनको तस्विर सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय कमिटीको वैठकमा किम सार्वजनिक रुपमा देखिएका थिए । कोभिड लकडाउन, आणविक कार्यक्रमलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायको  प्रतिबन्धका कारण निम्तिएको शृंखलाबद्ध आर्थिक संकटबीच पार्टी वैठक आयोजना गरिएको थियो । 

राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस वर्ष मात्र उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यन्न अभाव छ । पार्टीले अभावसँग जुध्न सर्वसाधारणलाई आफै उत्पादन गर्न निर्देशन दिएको छ । चीनसँगको सीमा नखोल्ने बेलासम्म सरकारले यसै अक्टोबरमा सर्वसाधरणलाई थोरै  खान उर्दी जारी गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको