Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरको विरोधपछि सेयर बजार प्रभावित

विहीबार, १५ असार २०७४, १८ : ४६ मा प्रकाशित

ब्रोकरको विरोधपछि सेयर बजार प्रभावित

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि आज सेयर कारोबार प्रभावित भयो ।

बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको हो । नेपाल स्टक एक्स्चेन्जमा आज सेयर कारोबार हुन नसकेपछि लगानीकर्ता निराश भएर फर्केका छन् । कारोबार सुरु हुने समय बिहान ११ः०० बजे नै सङ्घले विरोध जनाएपछि बजार प्रभावित भएको थियो ।

सङ्घका अध्यक्ष नरेन्द्रजङ्ग सिजापतिले आफूहरु कर तिर्न तयार भए पनि सरकारले सहज वातावरण नबनाएका कारण बजार प्रभावित भएको जानकारी दिनुभयो । उहाँले सरकारले कर तिर्ने वातावरण बनाइदिए आफूहरुलाई आपत्ति नभएको तर विगतको पनि कर तिर भन्नु व्यावहारिक नभएको उल्लेख गर्नुभयो ।

बोर्डका प्रवक्ता नीरज गिरीले भने कुनै पनि समस्या नभएकाले विवाद संवादद्वारा समाधान हुने बताउनुभयो ।महालेखा परीक्षकको कार्यालयले आव २०६९/७० देखिको सबै कारोबारको कर तिरेको भन्दै बेरुजुमा राखेपछि आन्तरिक राजस्व विभागले नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न पत्राचार गरेको थियो ।

राजस्वको पत्र पछाडि व्यवसायीले कर तिर्ने प्रक्रिया मिलाइदिन आग्रह गर्दै आएका छन् । बोर्डले भने अर्थमन्त्रालयसँगको छलफलपछि आवश्यक निर्णय लिइने जनाउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको