Like us!
Follow us!
Connect us!
Watch us!
बोर्डले नेप्सेलाई दियो तत्काल कारोबार सुचारु गर्न निर्देशन

सेयर कारोबार बन्दा हुँदा लगानीकर्ता त्रासमा

शुक्रबार, १६ असार २०७४, १२ : ०२ मा प्रकाशित

सेयर कारोबार बन्दा हुँदा लगानीकर्ता त्रासमा

अर्थ संसार, काठमाडौं–  विगत केही महिना अघिदेखि निरन्तर घटिरहेको सेयर बजारले निराश भएका लगानीकर्ता ब्रोकरको विरोधले झनै त्रास भएका छन् ।

ब्रोकरको विरोधमा दोस्रो सेयर बजार नै बन्द भएपछि लगानीकर्तामा त्रास बढेको हो ।  ‘सेयर घटिरहेकाले हामी निराशमा छौ’ लगानीकर्ता हरी सेञ्चुरी(बि.क) ले भन्नुभयो–‘ ब्रोकरको बिरोधले कारोबार बन्द हुँदा लगानीकर्ता अझै सेयर घट्ने हो की भन्ने डरमा छन ।’

नेप्से र ब्रोकर  वार्ताको टेबुलमा  बसेर छिटो भन्दा छिटो यसको समस्या समधान गरी सेयर कारोबार पुन : सुचारु गर्ने पर्ने सेञ्चुरीले बताउनुभयो । यो त एउटा उदाहरण मात्र हो । सेञ्चुरी जस्तै धेरै लगानीकताको माग हो यो । तत्काल दोस्रो सेयर बजार खुलाउन लगानीकर्ता संघ नेपालले पनि आग्रह  गर्दै आइरहेको छ ।

नेप्सेलाई बोर्डको निर्देशन

कारोबार बन्द हुँदा देशको अर्थतन्त्रमा नै प्रतिकुल पर्ने भन्दै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई नेपाल धितोपत्र बोर्डल तत्काल सेयर कारोबार सुचारु गर्न निर्देशन दिएको छ ।

केही दिन अघि आन्तिरिक राजस्व विभागले ब्रोकर कम्पनीलाई मुल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुन पत्रकार गरेको थियो ।

धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि सेयर कारोबार प्रभावित छ ।

नेप्सेले दलाल व्यवसायीहरुले  विरोधमा कारोबार नगरेको बोर्डमा जानकारी गरएपछि बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।

  नेप्सेलाई तत्काल दोस्रो सेयर बजार सुचारु गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिइएको हो ।

महालेखा परीक्षकको कार्यालयले आव २०६९/ ७० देखिको सबै कारोबारको कर तिरेको भन्दै बेरुजुमा राखेपछि आन्तरिक राजस्व विभागले नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न पत्राचार गरेको थियो ।

राजस्वको पत्र पछाडि व्यवसायीले कर तिर्ने प्रक्रिया मिलाइदिन आग्रह गर्दै आएका छन् । बोर्डले भने अर्थमन्त्रालयसँगको छलफलपछि आवश्यक निर्णय लिइने जनाउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको