Like us!
Follow us!
Connect us!
Watch us!

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १२ : ३९ मा प्रकाशित

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके

एसके प्राइभेट लिमिटेडले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ । हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो । 

उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक अद्योगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लाष्टिकजन्य विभिन्न सामाग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्दछ । 

यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामहरुबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ । यो कार्यले ग्राहकहरुमा पर्ने व्यवस्थापनको दवाब र कार्यशील पूँजी लगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको