Like us!
Follow us!
Connect us!
Watch us!

४३ लाखले लिए प्यान नम्बर, चार महिनामै तीन लाख थपिए

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १४ : ०८ मा प्रकाशित

४३ लाखले लिए प्यान नम्बर, चार महिनामै तीन लाख थपिए

चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागि समेत प्यान अनिवार्य गरे पछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन् ।  

अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नाै सय ३७ पुगेको छ । २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार एक सय ३१ थियो । चालु आवको चार महिनामा प्यान लिने तीन लाखले बढेका छन् ।  

सरकारले एक हजारभन्दा माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ । यसैगरी विभिन्न सरकारी कामका लागि समेत प्यान अनिवार्य गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको