कजाकस्तानमा सरकारविरोधी प्रदशर्नकारीलाई गोली ठोक्न आदेश दिइएको छ । आफ्ना हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली ठोक्न गृह मन्त्रालयले आदेश दिएको हो । इन्धनको मूल्य वृद्धिलाई लिएर कजाकस्तानमा केही दिन यता हिंसात्मक प्रदर्शन भएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दर्जनौ प्रदर्शनकारी मारिएका छन् । शुक्रबारसम्म दुई हजार ३०० प्रदर्शनकारी पक्राउ परेका छन् । झडपमा कम्तिमा १८ सुरक्षाकर्मी मारिएका छन् भने ७४८ जना घाईते भएका छन् ।
प्रदर्शन नियन्त्रण गर्न कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको छ ।
यसअघि बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए । एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस