Like us!
Follow us!
Connect us!
Watch us!
शतप्रद हकप्रद सेयर निष्काशन गर्ने

सेयरधनीलाई बम्पर उपहार दिदै सानीमा माई हाइड्रोपावर

शुक्रबार, १६ असार २०७४, १६ : ३२ मा प्रकाशित

सेयरधनीलाई बम्पर उपहार दिदै सानीमा माई हाइड्रोपावर

अर्थ संसार, काठमाडौँ– सानिमा माई हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन गर्न गरेको निवेदन स्वीकृत भएपछि सेयर निस्काशनको प्रक्रिया अगाडि बढेको हो ।

सो कम्पनीले १ बराबर १ अनुपातमा रु १ अर्ब ५ करोड ५० लाख बराबरको रु सय अंकित १ करोड ५ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिन लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले हकप्रद सेयर निष्काशनको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

पहिलो चरणमा संस्थापक र दोस्रो चरणमा सर्वसाधारण सेयर धनीलाई लक्षित गरेर निष्कासन गर्ने तयारी गरिएको छ ।

हकप्रद सेयर निष्कासनपछि सानिमा माईको चुक्ता पुँजी रु २ अर्ब ११ करोड ५० लाख पुग्नेछ ।
सेयर विक्रीबाट जम्मा भएको पुँजीबाट ५४ मेगावाटको मध्य तामोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लगानी गर्ने तयारी गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको